साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जीवन बिमा व्यापारबाट एक महिनामै साँढे १८ अर्बको व्यापार ! कसको कति ? 

काठमाडौं । जीवन बिमा कम्पनीहरूले एकै महिना साढे १८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बिमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को श्रावण  महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत श्रावणमा कम्पनीहरूले २ अर्ब ६६ करोड ५६ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएका छन् । यस्तै, वैदेशिक रोजगार बिमा मार्फत २४ करोड ७२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् । साउनमा नवीकरण मार्फत भने १५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।

त्यसमध्ये नेपाल लाइफ नै पहिलो बनेको छ । साउनमा कम्पनीले ५ अर्ब ५७ करोड ६ लाख रुपैयाँ बढीको व्यवसाय गरेको छ । कम्पनीले ५१ हजार ९८४ वटा बीमालेख बिक्री सो बराबरको बिमा शुल्क आर्जन गरेको देखिएको छ । 

दोस्रो सूचीमा भने नेशनल लाइफ देखिएको छ । कम्पनीले साउन महिनामा २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ । साउनमा कम्पनीले ४५ हजार ४० वटा बीमालेख बिक्री गरेको छ । कम्पनीले ४१ करोड ३४ लाख प्रथम, १ करोड ९५ लाख वैदेशिक र १ अर्ब ८३ करोड २४ लाख रुपैयाँ नवीकरण मार्फत बिमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि साउनमा २ अर्ब ७ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले ४ हजार ७२३ वटा बीमालेख बिक्री गरेको छ भने हिमालयन लाइफले पनि १ अर्ब ९३ करोड ३८ लाख ३४ हजार रुपैयाँ कमाएको छ । 

त्यसैगरि एसियन लाइफले ९२ करोड ७३ लाख, सिटिजन लाइफले ७६ करोड ४१ लाख, सानिमा रिलायन्सले ६७ करोड ५९ लाख, प्रभु महालक्ष्मीले ५८ करोड ७४ लाख, आइएमईले ५४ करोड २७ लाख, मेट लाइफले ५० करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

यता, रिलायवल नेपालले पनि ४९ करोड ९७ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले ४६ करोड ८८ लाख र सन नेपाल लाइफले ४४ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १ : ३३ बजे