साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियारको छापा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । 

नगरपालिकामा आयोग केन्द्रीय कार्यालयको टोलीले  बुधवार छापा हान्दै अनुगमन सुरु गरेको हो । नगरपालिकाविरुद्ध अख्तियारमा उजुरीको चाङ लागेपछि अनुसन्धान गर्न टोली खटिएको हो । 

टोलीले बुधवार बिहान ९ः०० बजेदेखि साँझसम्म कार्यालयमा रहेको कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । अनुसन्धान गर्न आयोगका उपसचिव बद्रीप्रसाद कार्कीको नेतृत्वमा टोली खटिएको छ । 

नगरपालिकाका सम्बन्धमा परेका उजुरी र गुनासोका विषयमा स्थलगत रूपमा छानबिनका लागि टोली खटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो । उहाँले नगरपालिकामा भएका कामको विषयमा केही उजुरी परेकोले सबै उजुरीको स्थलगत अध्ययन हुने बताउनुभयो । 

नगरपालिकामा भएका खरिदसँग सम्बद्ध र निर्माणसँग सम्बद्ध विषयमा उजुरी परेको थियो । उजुरीका विषयमा र त्यस सँग जोडिएका अन्य पक्षलाई लिएर छानबिन गरिएको छ । 

पहिलो दिन कार्यालयमा रहेका कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिने र निर्माणको कामको स्थलगत अनुगमनसमेत हुने प्रवक्ता रिसालले बताउनुभयो । 

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : ०४ बजे