‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पर्यटन बोर्डमा दोस्रोपटक सीईओ बने दीपकराज जोशी 

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । जोशी यसअघि धनन्जय रेग्मीभन्दा अघि पनि एक कार्यकाल सीईओ बनेका थिए ।

बोर्ड स्रोतका अनुसार रेग्मी विवादमा तानिएका कारण एक नम्बरमा सिफारिस भए पनि सीईओ बन्न सकेनन् । दोस्रो नम्बरमा रहेका जोशीले बाजी मारेका हुन् । बर्दियाका जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारीसमेत हुन् । 

सीईओका लागि पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको थियो । सो समितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व सीईओ रेग्मी, जोशी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ६ : ४७ बजे