‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्छु : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समिति बाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताउनुभएको हो । समितिमा आजदेखि विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । बैठकमा बोल्दै उहाँले विधेयकमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताउनु भयो । उहाँले यस विधेयकलाई प्राथमिकतामा राखेर अगाडी बढाउन समिति समक्ष आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आज यस विधेयकमा सैद्धान्तिक छलफल भयो । छलफलमा माननीयज्युहरुले जे सुझाव, सल्लाह दिनुभयो । ठिकै हो, १५८३ वटा संशोधन प्रश्ताव छ । यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ । हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं । उहाँहरुको निर्देशन लिन्छौँ । र छलफल गरेर अगाडी बढ्छौँ । म सभापति र माननीयज्युहरुलाई के आग्रह गर्छु भने यो समितिमा थुप्रै विधेयकहरु छन् । तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडी बढाइदिउँ ।’

मन्त्री गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रोकेको भन्दै एक सांसदले प्रश्न उठाउनुभएको थियो । सो प्रश्नको जवाफ दिदैँ उहाँले काफ्लेले मन्त्रालयसँग समन्वय तथा सम्पर्क नगरेकोले बाध्य भएर भ्रमण रद्द गर्नु परेको बताउनु भयो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ४ : २४ बजे