काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् । कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था:
धनराज गुरुङ :५४३
पूर्णबहादुर खड्का :५०१
डा.चन्द्र भण्डारी :४७२
विजयकुमार गच्छदार :४५४
सुजाता कोइराला :१३८
महेश आचार्य :१२३
दिव्यश्वरी शाह : ३५
प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार ८ : ५५ बजे
प्रतिक्रिया