साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीको नाममा रहेको ८३ हजार बढी सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८३ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका दिनबाट ३५ दिनभित्र आवेदन गरिसक्नुपर्ने छ । सेयर खरिद गर्न इच्छुकहरुले सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ३ : २४ बजे