टुँडिखेल घटनाको वास्तविकता : बालेनको आवरणमा माओवादी र राजावादीको चलखेल  

काठमाडौं । गत सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सानो एउटा समूहले नाराबाजी ग¥यो। त्यो नाराबाजी नियोजित थियो वा कुनै खेलोमेलो थियो भन्नेमा अझै एकिन भएको छैन। तर त्यो पछिका घटनाक्रमले भने यसको औलो माओवादी तर्फ  सोझिएको छ। किनकि यो घटना हुनु र प्रचण्डले संसदमा त्यसको भोलिपल्टै दिनुभएको अभिव्यक्तिले यसरी औलो सोझिने ठाउँ मिलेको राजनीति विश्लेषक बताउँछन् । 

सोमबार घटना भएको भोलिपल्ट संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्न सक्ने चेतावनी दिनुभएको थियो । त्यतिमात्र होइन, माओवादीको परामर्श बैठकमा पनि दाहालले यस अभिव्यक्तिलाई दोहो¥याउँदै आउनुभएको थियो  

सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको थियो  । काठमाडौं प्रहरीले सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेर अहिले धरौटीमा छाडेको छ  ।  ती मध्ये जैसी माओवादी सम्वद्ध रहेको  थाहा भएको छ भन्ने अन्यको राजनीतिक पहिचान खुलेको छैन ? सिसिक्यामेराका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरेको थियो । 

 गौरा पर्वको अवसरमा,  आयोजित कार्यक्रममा महानगर प्रमुख बालेन शाहको पक्षमा हुटिङ गर्दै उनीहरूले  अराजक 

सरकारका विभिन्न सुरक्षा निकायले अहिले यस विषयमा सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेको स्रोतले बतायो। हाल सम्म वर्तमान सरकार समीकरण विरुद्ध आगो भएको माओवादीको यस प्रकरणमा नेपथ्यमा हात रहेको सुरक्षा निकायको पछिल्लो विश्लेषण रहेको स्रोतले बतायो।  

तत्काल माओवादी र राजावादीको आवरणमा वर्तमान समीकरणविरुद्ध जनमत तयार हुने अवस्था नदेखिएपछि  काठमाडौं महानगरका मेयर बालेन शाहको नाममा यस्तो घटनाको सुरुवात भएको बताइएको छ। सुरक्षा निकायले अहिलेको सरकार र सत्ता समीकरणको विरोधमा रहेका माओवादी केन्द्र, राजावादी र बालेन पक्षले गौरा पर्वको दिनमा घटना गराइएको सुरक्षा निकायले विश्लेषण गरेको बुझिएको छ। यस  घटनामा अन्तर्राष्ट्रिय शक्तिको समेत विशेष रुचि रहेको ती निकायको विश्लेषण रहेको छ। 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ११ : २२ बजे