थप २८० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ९९४ जनामा परिक्षण गर्दा २८० जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको  मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५६५     पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ०८ बजे