‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एक घण्टाभित्र स्पष्किरण नदिएको भन्दै जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

पाेखरा । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।

बुधबार केन्द्रिय सचिवालयको भर्चुअल बैठकले उहाँलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

महासचिव मनोज भट्टले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘माओवादी केन्द्र एवं जसपा सहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयका विरुद्ध कार्य गरी दलको निर्णय विपरीत काम कार्यबाहीमा संलग्न रहनु भएकोले आज मिति २०७२ साल वैशाख २ ९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईंलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवस्यक कार्यवाही किन नगर्ने रु सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो ।

उहाँले अटेर गरी स्पष्टीकरण नबुझाउन भएकोले आजै वसेको राष्टिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

थापाले पार्टी निर्देशन नमान्दा गण्डकी प्रदेशमा पुन स् पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने संभावना छ।आइतवार मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुखले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्थ्यो । सरकार गठन गर्न काङ्ग्रेस सहित विपक्षी दुई दलले गठबन्धन गरेका छन्।

अब प्रदेशमा ५९ सदस्यीय सांसद छन् । एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका २ र जसपाका २ सांसद छन्। एक सांसद स्वतन्त्र हुन्। सभामुखले हस्ताक्षर गर्न पाउँदैनन्।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : १७ बजे