साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एक्लै चुनाव लड्ने एमाले – कांग्रेसको निर्णयसँगै च्याँखे पार्टीहरू तनावमा 

काठमाडौं ।  मुलुकका दुई ठुला राजनैतिक दल नेकपा  एमाले र नेपाली कांग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल नगर्ने बताएसँगै यत्तिखेर निर्वाचनको मुखमा ‘च्याँखे थापेर’ सत्तारोहण गरौँला भनेर मुख मिठाइरहेका साना दलहरू तनावमा परेका छन् । 

थोरै जनाधार पनि नभएका दलहरू ‘च्याँखे’ थापेर बार्गेनिङको आँडमा पटक पटक सत्तामा पुग्ने मात्र हैन ठुला दलहरूलाई फनफनी घुमाई सत्तामा ढलिमली गरिरहेपछि यत्तिखेर दुई ठुला दलहरू एमाले र कांग्रेस मिलेर सत्ता सञ्चालन गरिरहेका छन् ।

सत्ता सञ्चालनमा मुलुकका प्रमुख दुई पार्टी मिलिरहे पछि ‘च्याँखेथाप्नेहरु’ उसैपनि निद हराम भइरहेकै थिए। यही बेला मुलुकका दुई ठुला दलहरू एमाले र कांग्रेसले आगामी निर्वाचनमा कसैसँग पनि सहकार्य नगर्ने निर्णय गरेसँगै एमाले र कांग्रेसको बुई चढेर आफ्नो राजनीतिक चुलो बाल्न सकिएला भनेर आश गर्नेहरूको पसिना छुटिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

विशेष गरी जनाधार गुम्दै गएकाे नेकपा माओवादी केन्द्रका नेता प्रचण्डलाई एमाले–काग्रेंसको निर्णयले बढी छटपटी दिएकाे उहाँ निकट स्रोतले बतायो। 

२०७४ सालमा एमालेसँग मिलेर चुनाव लडेर तेस्रो पार्टी भएको माओवादी नेता प्रचण्डका  कारण दुई तिहाइको नेकपा सरकारसमेत ढल्न पुगेको थियो। त्यसपछि एमालेबाटसमेत अलग भएर गएको माधव नेपालको समूहले प्रचण्डसँगै मिसिएर  सत्ताको च्याँखे थापेपछि नेपाली राजनीतिमा च्याँखे फस्टाउने गरेको थियो। 

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेससँग मिलेर च्याँखे थाप्दा गएको असार १७ सम्म प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो। २०७९ सालको निर्वाचनको परिणाम पछि कांग्रेससँग प्रधानमन्त्रीको च्याँखे नबल्झने भएपछि उहाँ एमालेको शरणमा पुग्नु भएको थियो। त्यसपछि फेरि कांग्रेससँग गठबन्धन गरेर  अको च्याँखे थाप्न सफल प्रचण्डको प्रयास भने एमाले कांग्रेसले नयाँ सत्ता समीकरण कायम गरेपछि साउँ नै नफर्कने गरी गुमेको जस्तो देखिन्छ। 

अब सत्तामा कुनै चमत्कार नहुने र कांग्रेस एमालेका केन्द्रीय समितिबाट पारित  ‘चुनावमा कसैसँग गठबन्धन नगर्ने’  निर्णय  व्यवहारमा कार्यान्वयन भए माओवादी आफ्नो असली साईजमा आउने छ  भने नेकपा एसको राजनीतिमा भूमिका शून्य हुने देखिन्छ।  त्यसैले कांग्रेस र एमालेको कसैसँग गठबन्धन नगर्ने निर्णय;सँगै च्याँखे पार्टीहरू अहिलेदेखि नै तनावमा छन्। 

नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले गत फागुनको महासमिति बैठकमा पेस गरेको गठबन्धन नगरी आगामी आमनिर्वाचन लड्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट हालै अनुमोदन भएपछि आगामी चुनावमा काग्रेंसको मार्ग  चित्र स्पष्ट भएको छ। मंसिरमा हुने स्थानीय निकायको निर्वाचनले यो पहिलो पटक व्यवहारमा उत्रने देखिन्छ। 

केन्द्रीय समिति बैठकले घुमाउरो भाषामा अबको आमनिर्वाचनमा गठबन्धन नगर्ने निर्णयलाई अनुमोदन गरेको छ। निर्णयमा गठबन्धन शब्दको सट्टामा कांग्रेसले ‘भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने’ वाक्य राखिएकाे छ।

केन्द्रीय समितिले पारित गरेको महामन्त्री थापाको प्रस्तावमा भनिएको छ, हाम्रो आफ्नो सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौँ। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने छौँ। र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।

यत्तिखेर नेकपा एमालेको पोलिटब्युरो बैठकसमेत जारी छ । एमाले पोलिटब्युरो बैठकमा आगामी निर्वाचन आफ्नै तागतमा मात्र लड्ने र एकल बहुबत ल्ययाउने भन्ने आशयसहितकाे निर्णय आएकाले एमाले पनि आगामी निर्वाचनमा कसैसँग सहकार्य नगर्ने स्पष्ट हुन्छ ।

एमाले र का‌ग्रेंसको उस्तै आशयको निर्णय कार्यान्वयन भए आगामी निर्वाचनसँगै नेपाली राजनीतिका ‘च्याँखे पार्टी’को अस्त्वि सखाप हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ६ : ५६ बजे