साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताउनु भयो । उहाँले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो रु समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताउनु भयो । उहाँले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? हामी पनि प्रस्ताव गरौँ । सरकारको धारणा पनि यसमा संलग्न गरौँ । यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ की भन्ने मेरो चाहना छ । मन्त्रीज्यूसँग पनि छलफल गरेको छु । यसलाई अन्तिम रूप दिन त्यो राम्रो हुन्छ की जस्तो लागेको छ । सबै दलको प्रतिनिधित्व हुने गरी त्यो किसिमको समिति बनाऊँ भन्ने छ । सबै मान्यज्युहरुले अर्को बैठकमा गरौँ भन्नुभएको छ । अर्को बैठकमा यो विधेयकको विषयमा छनोट गरेर कुन कुन विषय ल्याउँदा राम्रो हुन्छ, त्यही कुरा ल्याउने गरी अघि बढौँ ।’

सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुन कुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्ने गरी तयारी गर्न पनि आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : २८ बजे