धर्तीलाई मानवोचित बनाउनु छ, सुरुवात आफ्नै देशबाट गर्नु छ : अध्यक्ष ओली 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्तीलाई मनवोचित बनाउनु पर्ने बताउनु भएको छ । 

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले धर्तीलाई मनवोचित बनाउन आफ्नै देशबाट सुरुवात गर्नुपर्ने बताउनु भएको हो । यसका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । 

तर, देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको भन्दै उहाँले यसलाई रोक्नुपर्ने बताउनु भएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : २६ बजे