साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालेनले हटाए तथ्यहीन स्ट्याटस !

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्ट्याटस हटाएका छन् । 

एमालेकी प्रदेश सांसद रेखा शर्माले  नाबालिकालाई घरेलु  श्रममा लगाएकाे भन्दै उहाँ  पक्राउ नहुनुकाे आक्रोश प्रधानमन्त्री  केपी ओली र एमालेमाथि पाेख्दै तथ्यहीन लाक्षना लगाएका थिए । उनले लेखेको स्ट्याटस  मंगलबार बिहान एकाएक गायब गरिएको थियो । 

सामाजिक सञ्जालमा  स्ट्याटस डिलिटको विषयमा बालेनकाे व्यापक आलोचना भएपछि बालेनको सचिवालयले सो पोष्ट फेसबुकले नै हटाएको भन्दै बचाउ गरेको  छ ।

बालेनले डिलिट गरेको आरोप लागिरहेको बेला उनको सचिवालयले भने कसैले फेसबुकलाई रिपोर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको हो । 

सचिवालयले कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएपछि उक्त  स्ट्याटस  फेसबुकले नै हटाएकाे भन्दै बचाउ गरेकाे हाे । 

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ०६ बजे