साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध हुने

काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत के ३ सवस्टेसनदेखि घट्टेकुलो एरियामा केवल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

अनामनगर पूर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरवार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडि, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल मैतीदेवी जालीकारखाना, घट्टेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : ३९ बजे