साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

वीरगंज नाकाबाट मोटरसाइकल आयात दोब्बर

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगंजबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।

गत आर्थिक वर्ष २०८०र८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा वीरगंज नाकाबाट रु. ४६ करोड ७७ लाखका ३ हजार ५७१ थान मोटरसाइकल आयात भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिनुभयो । चालु आवको साउनमा भने रु. ९४ करोड ४८ लाखका ७ हजार १५० थान मोटरसाइकल आयात भएका थिए ।

वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु. २० करोड ६० लाखका १२७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु. १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताउनुभयो ।

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट रु. ४४ करोड २१ लाख राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा भने रु. ८८ करोड ६४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ५६ बजे