लघु चलचित्र ‘मेरो बा’ ले झल्काउँदै पिताको महत्त्व

काठमाडौं । कुशेऔँसीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएका यो लघु चलचित्रमा रमेश थापाको लेखन तथा निर्देशन रहेको छ ।

लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका साथै बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय छ ।

संकल्प भुजेलको छायांकन, बालकृष्ण श्रेष्ठ तथा विक्रम चिमौरियाको सम्पादन र सोम जिसीको मुख्य सहायक निर्देशन रहेको यस लघु चलचित्रमा तीजमा दर खाने चलनमा आएको चरम विकृति तथा पितालाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाइ उजागर गरिएको छ ।

यसमा आधुनिकताका नाममा मातापितालाई अनपढ सम्झेर नयाँ पुस्ताले गरेको निकृष्ट व्यवहारलाई उदांगो पारिएको दाबी गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  २ : २० बजे