देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बन्धकहरूको शव फेला परेपछि इजरायलको प्रतिक्रिया : अब चुप लागेर बस्दैनौँ

काठमाडौँ । गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री नेतन्याहुले इजरायलले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताउनुभएको हो । हमासलाई सन्देश दिँदै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन ।’

यसअघि सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरुलाई भन्नुभयो, प्रारम्भिक अनुमान अनुसार बन्धकहरुको मृत्यु हाम्रो आगमनको केही समय अगाडि नै भएको थियो ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासका वरिष्ठ नेता एज्जत अल–रसिकले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको कारण यी मृत्युका लागि इजरायल जिम्मेवार भएको दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : २५ बजे