साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरौँ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुन सके अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागद्वारा आयोजित सामाजिक रूपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताउनु भयो । उहाँले अहिले कमाइको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताउनु भयो । उहाँले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्ने कुरा स्वाधीनता र सार्वभौम सत्ताका लागि अनुकूल ढाँचा नभएको बताउनु भयो । उहाँले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताउनु भयो । उहाँले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनु भयो । चाडपर्वहरूले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरू स्वदेशमै उत्पादित हुनुपर्ने बताउनु भयो । उहाँले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्ने कुरा संस्कृति विपरीतको कार्य भएको बताउनु भयो । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरू नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाइको मुख्य श्रोत बनेको छ मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने । भन्दाखेरि हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधीनता र सार्वभौम सत्ताका लागि अनुकूल ढाँचा हो की होइन रु भन्दा, होइन । यसले हाम्रो देशलाई कमजोर बनाइरहेको छ । खोक्रो बनाइरहेको छ । त्यसअर्थमा देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछ । हाम्रो पूजा कोठामा प्रयोग गर्ने सामानहरू भारत, चीनबाट ल्याएको सामान प्रयोग गर्ने कुरा संस्कृति विपरीत कार्य हो भन्ने बुझाउन सकियो भने राम्रो हो । हाम्रै उत्पादन चढाउने, भगवानलाई । हाम्रो चाडपर्वहरूको मक्सद् आफूले गरेका उत्पादनहरूको पहिलो भोग भगवानलाई दिने भनेको हो । संस्कृतिको आधार त्यो हो ।’

महासचिव पोखरेलले सही विचार सम्प्रेषण गर्न सके समाज रूपान्तरण हुने बताउनु भयो । 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ०८ बजे