साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ संसदीय समितिबाट पारित

काठमाडौं । संसदीय समितिले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई पारित गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ लाई दफावार छलफल गरी पारित गरेको हो । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको थियो ।

समितिमा टुंगिन बाँकी दफाहरू माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा सांसदहरू देवेन्द्र पौडेल, तोसिमा कार्की, डिकबहादुर लिम्बू र रामप्रकाश चौधरी गरी पाँच सदस्य रहेको उपसमिति गठन गरेको थियो । सो उपसमितिले समितिमा प्रतिवेदन पेस गरेसँगै समितिले विधेयक पारित गरेको हो । 

राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधि सभाबाट २०८० वैशाख १५ गते दफावार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा सूचना  प्रविधि समितिमा आएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ०२ बजे