साफ यू–१७ च्याम्पियनसिप आजदेखि

घरेलु, यौनजन्य तथा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी हरदम तत्पर

काठमाडौं – कोभिड-१९ ले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका जो कोही विरुद्ध हुनसक्ने घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी हरदम तत्पर रहेको छ ।

हिंसालाई तत्काल सम्बोधन गर्न गुनासो सुन्ने व्यवस्था समेत गरेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले भनेको छ, “कृपया हिंसा सहेर वा हेरेर नबसौं, बेलैमा उजुरी गरौँ । यो संकटको समयमा हामी तपाईसँगै छौँ ।” लैंगिक हिंसा सम्बन्धी गुनासोको लागि टोलफ्री १०० र बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गर्न सकिने उक्त निर्देशनालयले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को दोस्रो लहरले पुन: निम्त्याएको जोखिमपूर्ण परिस्थितिमा हिंसाका घटनाहरू बढ्न सक्ने सम्भावनालाई मध्येनजर राखि सुसूचित हुन विशेष सूचना जारी गर्दै उक्त निर्देशनालयले सर्वसाधारणमा सचेत हुन आग्रह समेत गरेको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ०२ बजे