काठमाडौं । युक्रेनी सेनाले रुसको बेलगोरोड क्षेत्रमा आक्रमण गर्दा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताउनुभएको छ ।
ग्लाडकोभले युक्रेनी सशस्त्र सेनाले बेल्गोरोड शहर र यसको वरपरका क्षेत्रहरूमा गोलाबारी गर्न भ्याम्पायर मल्टिपल रकेट लञ्चर प्रणालीबाट क्लस्टर हतियारहरू प्रयोग गरेको थियो ।
एम्बुलेन्स आइपुग्नु अघि नै एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणमा ६ बालबालिकासहित ३७ जना सर्वसाधारण घाइते भएका ग्लाडकोभले बताउनु भयो । घाइते सबैलाई उपचारका लागि बेलगोरोडको मेडिकल सुविधामा लगिएको छ । जसमध्ये सात वयस्क र तीन बालबालिकाको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार २ : ५४ बजे
प्रतिक्रिया