साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चट्याङ्ग लागेर चितवन र पश्चिम नवलपरासीमा गरी दुई जनाको मृत्यु 

चितवन । चितवनमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर १ शिकारीपुरकी ५० वर्षीय सरस्वती महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे उनी आफ्नै घरको गोठमा भैँसीलाई कुँडो दिन जाँदा एक्कासि चट्याङ्ग लागेको थियो । चट्याङ्गबाट घाइते महतोको बघौडा अस्पतालमा उपचारको क्रममा १० बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी आइतबार परेको चट्याङका कारण पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं। १४ पर्सावल बस्ने ३५ वर्षीय ठाकुर नाथ कवँर रहेको प्रहरीले जनाएको छ ।

बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कवँरको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ४८ बजे