साफ यू–१७ च्याम्पियनसिप आजदेखि

केरा बगान भित्र दुई नाबालिका मृत अवस्थामा फेला 

सुनसरी । मोरङको सुन्दरहरैँचामा दुई नबालिका मृत अवस्थामा फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–७ मा स्थानीय नारायण न्यौपानेको केरा बगान भित्र दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

मृतक नाबालिकाहरु धनकुटा निवासी ३१ बर्षीय अर्जुन कार्कीका छोरीहरू रहेको मोरङ प्रहरीले जनाएको छ । ३ बर्षीया आयिका कार्की र १ बर्षीया अपर्णा कार्कीको मृत शव शनिबार बेलुका फेला परेको हो ।

प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको मोरङ प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान अगाडी बढाएको मोरङ प्रहरीले बताएको छ ।

अर्जुन कार्कीको स्थायी घर धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे हो ।  अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा बस्दै आउनुभएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : ५२ बजे