साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संविधान संशोधन हुनसक्ने अवस्था छः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताउनु भयो । उहाँले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पार्नुभयो । सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताउनु भयो । उहाँले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताउनु भयो । संविधानका आधारभुत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताउनु भयो । संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको बताउनु भयो । अरु देशको तुलनामा अझ बढी प्रगतिशिल लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कतिपय कुरा यो संविधानमा संशोधन हुनसक्ने अवस्था पनि छ । कति कुराहरु आवश्यक प¥यो भने देखिलाई, सबैले ठान्यो भने देखिलाई संशोधन हुनसक्छन् । तर अहिले वास्तवमा भन्ने हो भने धेरै राम्रो महत्वपूर्ण कामहरु भएको छ । यो संविधान समावेशी संविधान छ । समानुपातिकता सम्बन्धमा अझै कति समानुपातिक भन्ने भन्ने छ वास्तवमा । त्यसकारण समावेशी सहितको संविधान छ । कति मानिसहरु चुनावहरु आउन धेरै गाह्रो छ, उहाँहरुलाई त्यसकारण समावेश गर्नुपर्नेछ । राज्य सत्तामा उनीहरुलाई समावेशीताका साथ सहभागी गराउनुपर्छ भन्ने धारणा छ । त्यसको आधारमा समावेशी राखिएको छ । समावेशी सहितको प्रजातन्त्र राखिएको छ । यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो । त्यसकारण फण्डामेण्टल कुराहरुमा परिवर्तन हुन सक्दैनन् । त्यहाँ लेखिएको पनि छ । अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरु अटाउने संविधान छ । त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ । महत्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो । मानव जातिले निर्वाध रुपमा आफ्नो अधिकार प्राप्त गर्न पाउनुपर्छ । डर, त्रास मुक्त देशको रुपमा स्थापित गराउनु पर्छ । अरु देशको तुलनामा अझ बढी भाइब्रेट डेमोक्रेसी सोसाइटी स्थापित गर्नुपर्छ ।’ 


प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाइ जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने बताउनु भयो । नेपाललाई गरिवी मुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने बताउनु भयो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : ०२ बजे