साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउछः महिलामन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले छिट्टै एकीकृत सामाजिक सेवा ऐन ल्याउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री सुडीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा गैर सरकारी संस्था वा नागरिक संस्थाहरूको प्रभावकारी समन्वय र नियमन गरी वर्गीकरण र विषयगत परिचालन गर्न आवश्यक भएको बताउनु भयो । उहाँले गैरसहकारी संस्थाहरूलाई नियमन र वर्गिकरणको लागि मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले त्यसको समय परिवेश अनुसारको ऐन अहिलेको आवश्यकता रहेको भन्दै  संघीय मर्म अनुरूपको एकीकृत सामाजिक सेवा ऐन ल्याउन लागिएको बताउनु भयो । उहाँले नागरिक संस्थाबाट प्रवाह हुने सेवाहरूलाई राज्यको उचित संरचना बनाई सेवा प्रवाह प्रभावकारी बनाइने बताउनु भयो । उहाँले वैदेशिक सहायता रकम अर्थ मन्त्रालय र गृह मन्त्रालयसँगको समन्वयनमा महिला तथा बालबालिका मन्त्रालयमार्फत एकद्वारा प्रणालीबाट  खर्च हुने व्यवस्था गरिने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘नेपालमा सरकारी संस्था वा नागरिक संस्थाहरूको प्रभावकारी समन्वय र नियमन गरी वर्गीकरण र विषयगत परिचालन गर्नु अहिलेको आवश्यकता हो । यो कामलाई मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेको छ । समय परिवेश अनुसारको ऐन अहिलेको आवश्यकता हो । अहिले संघीय मर्म अनुरूपको एकिकृत सामाजिक सेवा ऐन ल्याउनु र नागरिक संस्थाबाट प्रवाह हुने सेवाहरूलाई राज्यको उचित संरचना बनाई सेवा प्रवाह प्रभावकारी रूपमा प्राथमिकताका साथ गर्ने जानकारी गराउन चाहन्छु । विदेशी रकमहरू अहिले अर्थ मन्त्रालय अन्तर्गत आउने कहिले गृह मन्त्रालय मातहतमा आउने र कहिले समाज कल्याण परिषद्बाट आउने गरेको भन्दै त्यसलाई एकद्वारा प्रणाली एउटै बैंक र एउटै मन्त्रालयको मातहतमा ल्याउने काम गर्दैछौं । एकरुपकताको लागि प्रयास भइरहेको छ । समाज कल्याण परिषद्ले नविकरण पनि रोकेको छ । जुन कर नबुझाएको भनिएको छ । वैदेशिक सहायता परिचालन सम्बन्धमा रहेका अप्ठ्यारा परिस्थितिहरू छन् । समाधानको लागि मन्त्रालय लागेको छ । त्यसको लागि एकिकृत कानून बनाउँदैछौं ।’

उहाँले गैरसरकारी संस्थाहरूको समाज कल्याण परिषद्ले नविकरण रोकेको विषयमा कर लगायतका समस्या अध्ययन गरी सहजिकरण गरिने बताउनु भयो । 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ३ : २४ बजे