सुनको मूल्यमा नयाँ कीर्तिमान

इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगाेलिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । 

देशको पूर्वी नुसा टेंगारास्थित फ्लोर्स समुद्रमा सो भूकम्प गएको हो । समुद्रबाट पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको स्थानबाट एक हजार किलोमिटर क्षेत्रभित्र सुनामी आउन सक्ने चेतावनी दिइएको छ । 

इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । सन् २००४ मा ९ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछिको सुनामीमा २ लाख २० हजारको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १२ : ३८ बजे