‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाउने

विराटनगर । शाहमामेह खेलकुद तथा सांस्कृतिक संघ अष्ट्रियाले आयोजना गर्ने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) ले सहभागिता जनाउने भएको छ ।

सन् २०२० मा अष्ट्रियामा साढे दुई दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका समाजसेवी दिलकुमार घमालको अग्रसरतामा स्थापित एनईएससीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । आगामी सेप्टेम्बर ७ तारिखमा हुने प्रतियोगितामा नेपाली टोलीसहित १६ देशका खेलाडीहरूले सहभागिता जनाउने एनईएससीका सल्लाहकार विकास कार्कीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन एनईएससीले प्रयास गरिरहेको कार्कीको भनाइ थियो । प्रतियोगितामा सहभागी हुने खेलाडीको टुंगो लागिसकेको सल्लाहकार कार्कीले बताए । एनईएससीले यसअघि पनि विभिन्न देशमा भएका प्रतियोगितामा सहभागिता जनाउँदै आएको थियो । प्रतियोगिताले देशको नामसँगै कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुग्ने उनको विश्वास थियो ।

चार महादेशका ३४ देशका १२५ भन्दा बढी सहरमा प्रतिस्पर्धामा भाग लिएर छ दर्जनभन्दा बढी मेडल, ट्रफी, उत्कृष्ट खेलाडीको उपाधि जितेका अष्ट्रियाका राष्ट्रिय खेलाडी विनय कार्कीसहितका नेपाली एनआरएन परिवारले समेत एनईएससीका तर्फबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि हौसला प्रदान गरिरहेको अध्यक्ष घमालले जानकारी दिए । प्रतियोगितामा संघमा आबद्ध खेलाडीहरूले उच्च मनोबलका साथ खेल्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : २९ बजे