साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संविधानले जनयुद्ध चिन्दैन: पोखरेल 

काठमाडौं। संसद्मा एमाले सचिव योगेश भट्टराईले  माओवादी हिंसात्मक आन्दोलन भनेकोमा सो पार्टीले आपत्ति जनाएकोमा एमालेका महासचिव शङ्कर पोखरेलले त्यसको प्रतिवाद गनुभएको छ। उहाँले नेपालको संविधानले जनयुद्ध नचिन्ने भन्दै भट्टराईको भनाईको  पूर्ण समर्थन गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले संसदमा माओवादी अध्यक्ष प्रचण्डले  यस बिषयमा दिएको अभिव्यक्ति कुण्ठापूर्ण भएको आरोप लगाउनु भएको छ। 

बिहीबारको संसद् बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी आन्दोलन हिंसात्मक भएको टिप्पणी गर्दा माओवादी सांसदले आपत्ति जनाएका थिए। यही कारणले संसदमा एमाले र माओवादीबीच कडा सवाल जवाफ भएको थियो। ‘

अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हो । विपक्षी दलको नेताका रूपमा संसदीय अभ्यास र प्रचलन विपरीत नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको तिक्ततापूर्ण बहसको मुख्य कारण हो’ पोखरेलले लेख्नु भएको छ । 

उहाँ अगाडि लेख्नु हुन्छ ‘प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्ष वाट हुनु स्वाभाविक नै हो । त्यस वाट माओवादीका मित्रहरू धेरै उद्वेलित हुनु पर्दैन’ ।

पोखरेलले यस बिषयमा स्पट पार्दै लेख्नु भएको छ –अहिले माओवादीका मित्रहरू माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ। तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरू जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र काँग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चैँ संविधानले नस्विकारेको भाषा बोल्न मिल्छ र ? 

स्मरण रहोस् जुन दिन माओवादी पक्षले जनयुद्ध शब्द प्रयोग गर्न छोड्दछ त्यो दिन देखि उनीहरूलाई नेकां र एमालेलाई हिंसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ । 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : १३ बजे