‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौँ । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

योसँगै अर्याल २७औं मुख्यसचिव बन्नुभएको छ ।

२०७७ भदौमा सचिवमा बढुवा हुनुभएको अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

हालका मुख्य सचिव लिलादेवी गौड्तौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्य सचिवमा अर्यालयलाई नियुक्त गरेको हो ।

गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ९ : २१ बजे