सुनको मूल्यमा नयाँ कीर्तिमान

चीन विरोधी गतिविधि गर्ने ‘मिडिया टाइकुन’लाई जेल सजाय

एजेन्सी ।  हङकङ आधिकारिक रूपमा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ । त्यही भएर चीन विरोधी गतिविधि गर्ने जोकोही पनि हङकङमा दोषको भागिदार हुन्छन् । पछिल्लो पटक यस्तै भागिदार बनेका छन हङकङका सञ्चार टाइकुन जिम्मी लाई । हङकङको एक अदालतले उनलाई १३ महिना जेल सजाय तोकेको छ । 

ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो । जिम्मीसँग दोषी ठहर भएका अन्य दुई जनालाई पनि अदालतले सोही सजाँय सुनाएको छ । 

गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई तीन दिनअघि अदालतले दोषी ठहर गरेको थियो । सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङकङ सरकारको प्रतिबन्धबीच उनीहरु श्रद्धान्जली कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी भएको आरोपमा अदालतले दोषी ठहर गरेका उनीहरु पछिल्ला तीन व्यक्ति हुन् । वार्षिक कार्यक्रममा सहभागी भएको आरोपमा अहिलेसम्म दुई दर्जनभन्दा बढी राजनीतिज्ञ र कार्यकर्तालाई दोषी ठहर गरिएको छ । ती सबैलाई चीनको ठाडो आदेशमा हङकङ सरकारले पक्राउ गरेको थियो । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : १४ बजे