‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुग्नुभएको छ। आज केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको स्रोतले बताएको छ । २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए। जसपामा यतिबेला महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच १६–१६ जना सांसद छन् ।

संविधानको धारा ७६ को २ बमोजिमको दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानको समय ३० वैशाखको साँझ ९ बजेसम्मलाई छ । 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १ : ३८ बजे