साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कांग्रेसले गर्‍यो पेसागत तथा बुद्धिजीवी विभागमा सदस्यहरूको मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पेसागत तथा बुद्धिजीवी विभागमा रिक्त सदस्यहरूमा मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेको कांग्रेस विभागमा सदस्यहरूको मनोनयन गर्नुभएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञति अनुसार सदस्यमा डा. लोकनाथ दुलाल (ललितपुर), डा. विष्णु बस्याल (पाल्पा), डा. तबस्सुम सिद्दिकी (बाँके), देवराज अवस्थी (कैलाली), मनबहादुर थापा (चितवन), ई. दिलीपकुमार झा (सप्तरी), ई. मनोज घिमिरे (मोरङ), गणेश शाही (दैलेख), डम्बरबहादुर विक (पर्वत) र विजय सम्बाहाम्फे (तेह्रथुम) मनोनीत हुनुहुन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ५ : २७ बजे