साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गर्नुभएको छ ।

बिहीबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यसअघि बुधबार सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयक ऐनको रूपमा लागु हुने छ ।


प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ४ : ४४ बजे