साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्रीद्वारा जननेता मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गर्नुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गर्नुभएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ३ : २३ बजे