साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हिमालयन लाइफको झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना संस्थापक सेयरधनी विनय कुमार तोदीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले आजै (भदौ १३ गते) का मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री मूल्य मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको उक्त अवधिमा सेयर खरिदका लागि विद्यमान संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : ४३ बजे