‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गेस्टहाउसका संचालक पक्राउ

काठमाडौँ । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजना गेस्टहाउस संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् । 

खड्गी समेतले संचालन गरेको उक्त गेस्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेस्टहाउसबाट पाँचजना बालिकाहरूलाई उद्धार समेत गरेको छ । 

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : २७ बजे