‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पाइलटहररूले हवाई सुरक्षाको नियम पालना नगर्दा धेरै दुर्घटना भयो : महानिर्देशक अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताउनुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गर्नुभयो । उहाँले नेपालका पाइलटहरुले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको बताउनु भयो ।

उहाँले नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गर्नुभयो । उहाँले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवि पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भिर हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोकिएर भएको बताउनु भयो । उहाँले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भएपनि पाइलटहरुले पालना नगरेको बताउनु भयो ।

उहाँले तथ्यांक हेर्दा धरै अग्रज पाइलटहरुको हवाई दुर्घटनामा मृत्यु भएको बताउनु भयो । उहाँले जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गर्नुभयो । उहाँले हवाई सञ्चालकहरु पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गर्नुभयो । उहाँले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मृत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरुलाई प्रश्न गर्नुभयो । उहाँले शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेकाले सञ्चालकहरुले सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजानु भएको भन्दै अन्य कुनै समस्या नभएको बताउनुभयो । उहाँले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधि अन्य ठाउँमा लगाई रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हवाई दुर्घटना वृद्धि हुँदा धेरै गुमाईसक्यौं । विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भयो । अनौठा खालका हवाई दुर्घटनाहरु नेपालमा भइदियो । अब पनि हवाई सुरक्षाका विषयमा नसोच्ने र नगर्ने हो भने समयले धेरै पछाडि छोड्ने छ । नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोकिने र जंगलमा ठोक्किने गरेका छन् । नेपालको नागरिक उड्डयन प्राधिकरणको नियम छ । भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ । कि त नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक खराब मौसमभित्र नजा भनेर पछाडि बस्नुप-यो । होइन भने योभन्दा बढी के गर्नुछ । तालिम छ । सुरक्षा विज्ञ पाइलटहरु हुनुहुन्छ तर बादलमा छिर्नुहुन्छ ।

पाइलटहरुमा गोर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ । तथ्यांक हेर्दा धरै सिनियर पाइलटहरुको हवाई दुर्घटनामा मृत्यु भएको छ । धेरै राम्रा मान्छेहरु गुमायौं । ९८ वटा हवाई दुर्घटनामा बादल वा खराब मौसममा छिरेर भएको छ । त्यहाँ नछिरेको भए अहिलेको नेपालको हवाई उडानमा कालो दाग लाग्ने थिएन । जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्न हुन्थ्यो । तर सबै पाइलटहरु बहादुर भएकाले यस्तो भएको हो । हवाई सञ्चालक सार्थीहरुलाई पनि माथि जान वा पैसा कमाउन किन हो हतार छ ।

शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुग्नुभयो । कति जना शेयरहोल्डर पाइलटहरूको हेलिकप्टर दुर्घटना भएर मृत्यु भयो । यसको जिम्मा कसले लिन्छ । शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेर कतिजनाको मृत्यु भयो त्यसको जिम्मा कसले लिन्छ । यो कुरा सञ्चालकहरुले सोच्नुपर्छ । हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादल भित्र जहाज लैजानु हो । अन्य कुनै समस्या छैन । हवाई दुर्घटनाको समस्या ठाउँकोमा छ औषधि अन्य ठाउँमा लगाइरहेका छौं ।’

उहाँले लगानीकर्ताले हेलिकप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरु तयार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चालकहरुले सर्वोच्च गएर गलत गरियो भन्ने र फेरि उक्त नियम लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : २० बजे