साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तीज मनाउने क्रममा अनावश्यक तडकभडक नगर्न काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउँदै गरेको तीज मनाउने क्रममा अनावश्यक तडकभडक नगर्न आग्रह गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

साथै प्रशासनले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरी कानुन अनुसार कारबाही हुने स्पष्ट गरेको छ ।


  

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : ०४ बजे