२७७७ मत गणना हुँदा देउवाले १३१८ मत ल्याए, कसको कति मत ?

काठमाडौं – नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ । सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्छाइरहेका हुन् । 

निर्वाचन समितिका अनुसार हालसम्म २ हजार ७ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ३ सय १८ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार २३ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २ सय ५, विमलेन्द्र निधिले १ सय ६६ र कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् । 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ३७ बजे