साफ यू–१७ च्याम्पियनसिप आजदेखि

म प्रधानमन्त्री बन्ने सम्भावना छैन : परराष्ट्रमन्त्री राणा

धनगढी । कांग्रेस नेता एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले कांग्रेस–एमालेको वर्तमान सरकार ०८४ सम्मै रहने बताउनुभएको छ । धनगढीमा बिहीबार बिहान आफ्नै निवासमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री देउवाले विशेष परिस्थितिका कारण दुई पार्टी एक ठाउँमा आएको बताउनुभएको हो ।

विकासका लागि अन्तर्राष्ट्रिय समुदाय नेपाललाई सहयोग गर्न सकारात्मक रहेको भन्दै उहाँले संविधान संशोधन गर्नु पनि अहिलेको सरकारको उद्धेश्य रहेको बताउनुभयो ।

राणाले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेकोसमेत बताउनुभयो । ‘एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उहाँकै दलको कुनै महिलातर्फ संकेत गर्नु भएको हुन सक्छ, कांग्रेसभित्र मेरो सियत के हो तपाइहरु जानकार हुनुहुन्छ, म प्रधानमन्त्री बन्ने संभावना छैन’ उहाँको भनाई थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ११ : १२ बजे