साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्नेछ ।

आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे । बैठकमा सरकारको कामकारबाहीबारेसमेत समीक्षा हुने बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ८ : ३९ बजे