साफ यू–१७ च्याम्पियनसिप आजदेखि

समृद्धिको लक्ष्यलाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धानगरी नीतिगत सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रतिष्ठानका पदाधिारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य र विकाससँग जोडिएर मन्त्रालयहरू र विश्वविद्यालयसँग संयोजनगरी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै प्रमाणका आधारमा मात्रै नीति तर्जुमा गर्नुपर्ने बताउनुभयो । 

अनुसन्धान प्रतिष्ठान आफैँ एक्लै काम गरेर परिणाम नआउने र देशको आवश्यकतालाई सम्बोधन नहुने भएकाले अनुसन्धान र उच्चतम् प्रविधिलाई साथ लिएर देशको विकास गर्ने सरकारको प्राथमिकता रहेकोे सुनाउनुभयो । 

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा लेखनाथ शर्माले विभिन्न मन्त्रालयको समन्वयमा हालसम्म ५० अनुसन्धान गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा उक्त प्रतिष्ठानको स्थापना गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : ०९ बजे