काठमाडौँ । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बंगलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बंगलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे ।
त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ । बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बंगलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।
प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ३ : ३० बजे
प्रतिक्रिया