साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संसदमा एमाले र माओवादी केन्द्रका सांसद्‍बीच भनाभन

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरूबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ । 

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद्‍मा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरूले आपत्ति गरेका थिए ।

त्यसपछि संसद्‍मा माओवादी केन्द्र र एमालेका सांसदहरूबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको/नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन दिए पनि विवाद बढेको थियो । 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियम अनुसार संसद् नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : ०० बजे