साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वार्षिक कार्ययोजना बनाउँदै एमाले, भोलि सचिवालय बैठक

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) को सचिवालय बैठक भोलि दिउँसो १ बजे बस्दै छ । सोही बैठकको तयारीका लागि ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज बैठक बसेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले भोलि बस्ने बैठकको एजेन्डा तय गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना सम्बन्धी प्रस्ताव एजेन्डाका रूपमा राखिएको छ । उक्त प्रस्तावलाई सचिवालय बैठकले पारित गरेपछि स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठकबाट पारित गरेपछि लागू गरिन्छ ।

पार्टीले वार्षिक कार्ययोजना अनुसार कस्ता कार्यक्रम ल्याउला भन्ने चासोको विषय रहेको छ । गत वर्ष पार्टीले दार्चुला जिल्लाको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : १० बजे