‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त 

काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ०७ बजे