‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

काठमाडौँ । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । 

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । ​

मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगेको छ । 

हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र धेरै वटा गोली लागेको उल्लेख गरेको छ ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। 

प्रहरीले उनको शव पोस्टमार्टमका लागि लगेको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरू प्राप्त हुने बताइएको छ । ​ प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : ४६ बजे