साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गाडी किन्ने ग्राहक तान्न बैंकहरूले ल्याए छुट स्किम !

काठमाडौं । कोरोना महामारी र आर्थिक संकुचनले प्रभावित नेपाली अटो बजारलाई लयमा फर्काउन बैंकहरू प्रतिस्पर्धामा उत्रिएका छन् । जसका कारण अटो बजारमा पनि लयमा फर्किने क्रममा देखिन्छ । विशेषगरी नियामकीय तवरबाट गरिएको केही नीतिगत सहजीकरण र घट्दो बैंक ब्याजदर पनि अटो क्षेत्रलाई चलायमान बनाउन जोडबल गरिरहेको छ । यता व्यवासायीहरू पनि गाडी बिकाउनका लागि विभिन्न छुट लगायतका अफरहरू ल्याएका छन् ।

काठमाडौंको भृकुटीमण्डमा यो वर्षको नाडा अटो शो सुरु भएको छ । आगामी भदौ १६ गते आइतबारसम्म चल्ने उक्त मेलामा पनि बैंकहरूले स्टल नै राखेर विभिन्न छुट स्किमहरू ल्याएका छन् । जसबाट एकातर्फ बैंकहरूको स्थिर ब्याजदर अर्कोतर्फ व्यवसायीहरूको छुट सुविधाले अटो व्यवसाय गतिशील हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय समग्र बैंकिङ क्षेत्रमै कर्जाको माग न्यून रहेको अवस्था छ । ब्याजदर भने हरेक महिना घट्दै आएको छ । अन्य क्षेत्रको तुलनामा बैंकहरूले सेयर बजार, घरजग्गा र अटो क्षेत्रमा लगानी बढाउन तातिएका छन् । यति बेला विभिन्न स्किमहरू ल्याएर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंकहरू तयार छन् । कतिपय बैंकहरूले एकल अंकको ब्याजदरमै कर्जा दिने खालका योजनाहरू ल्याएका छन् भने हाल बैंकहरूले अस्थिर तथा स्थिर गरी दुई प्रकारले कर्जा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : १३ बजे