‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला आज सुनाइँदै

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ ।

बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउन लागेको हो । सापकोटाविरुद्ध रहेको उक्त मुद्दामा सर्दै आएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो ।

लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्र बाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनीहरूको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : १३ बजे