एमालेले आगामी निर्वाचनमा देशैभर जित्छ : डा. भीम रावल

अछाम । नेकपा एमालेका नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर नेकपा एमालेले जित्ने दाबी गर्नुभएको छ। गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता रावलले भन्नुभयो,‘आगामी निर्वाचनमा फेरि पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उहाँले भन्नुभयो, ‘हामीले पार्टीसँगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’

महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उहाँले बताउनुभयो । उहाँले आफूले पार्टी मिलाउनका लागि १० बुँदे सहमतिको खाका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताउनुभयो । तर, शिर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उहाँले बताउनुभयो । रावलले आगामी दिनहरुमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिवद्धता गर्नुभयो  ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : ३५ बजे